जानकी खबर ।
२२ कात्तिक, जनकपुरधाम।

छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै छ ।

लक्ष्मी पूजाको चार दिनपछि कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

छठ पूजाका लागि व्रतालुहरू राति पूजा स्थानमै बस्नेभएकोले सर- सफाइ तथा सजावटलाई विशेष महत्त्व दिने गरिएको हो।

बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पुजा पूरा हुनेछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *