जानकी खबर ।

२० कात्तिक, जनकपुरधाम ।
  भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई  दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार टीका लगाएर मनाइँदैछ ।

  तिहारको पाँचौँ दिन सनिवार  प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेट मुहुर्तको समय उतम रहेको विद्वानहरुले बताएका छन्  ।

बहिनीले भाईलाई मीठो खाना खुवाउने र भाईले बहिनिलाई पैसा उपहार दिने चलन छ।
आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *