
OLYMPUS DIGITAL CAMERA
जानकी खबर ।
१६ कात्तिक,जनकपुरधाम ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलवार दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै दोस्रो चरणको आन्दोलन अन्तर्गत कार्तिक १७ गते बुधबार टोल टोलमा सरसफाई गर्ने कारिक्रम राखिएको छ।
त्यसतै कार्तिक १८ गते देखि २६ गतेसम्म डा. राउतको जिवनी प्रदर्शन गर्ने र छठ घाट तथा पर्व अस्थल वरिपरि सरसफाई गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ ।
जनकपुरधाममा भ्रष्टाचारको आरोपमा संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुखलाई जनकारबाही गर्दा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई र पार्टीको केन्द्रीय सचिवालय तोडफोड गर्ने इन्जिनियरहरुलाई कारबाहीको माग गर्दै जनमत पार्टीले चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ।




