जानकी खबर ।
१४ कात्तिक, काठमाडौं ।
‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् ।
सनिवार उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रममा उनले मिस युनिभर्स नेपालको ताज पहिरिन१५ प्रतियोगीलाई पछि पार्नसफल भएकी हुन् ।
विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताजपहिर्याएकी थिइन् ।
कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने छ।




