जानकी खबर ।
१० कात्तिक, काठमाडौं ।
सिंहदरबारभित्र गोली चलेको छ ।
बुधबार दिउँसो गोली चले पनि कसैलाई लागेको छैन ।
स्रोतले जनाए अनुसार राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।
यश बिषयमा भारतीसँग सोधपुछ भइरहेको छ।
पेस्तोल मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।

