जानकी खबर ।
१० कात्तिक, काठमाडौं ।
बागमती प्रदेशसभामा आज प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै छ ।
विश्वासको मतदानका लागि बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।
बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै शाक्य अल्पमतमा परेकी थिइन् । त्यसपछि गत असोज २४ गते विश्वासको मत प्राप्त गर्ने प्रस्ताव उनले प्रदेशसभामा पेश गरेकी थिइन् ।
बागमती प्रदेशमा हाल १०९ प्रदेशसभा सदस्य कायम छन् । बहुमतका लागि ५५ सदस्य चाहिन्छ । बागमती प्रदेशमा हाल एमालेका ४३, माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना सदस्य , एकीकृत समाजवादीका १३ जना, विवेकशील साझा पार्टीका तीन जना प्रदेशसभा सदस्य छन् । यसैगरी नेमकिपा र राप्रपाका दुई-दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेश सभा सदस्य छन् ।
यश अधि प्रदेश २को प्रदेश सभामा गत असोज २० गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि विश्वासको मत मागेर मतदानमा दुईतिहाइको समर्थन पाएका थिए ।

