जानकी खबर ।
८ कात्तिक, काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेको छ ।
सोमवार प्रहरीको केन्द्रीय ब्युरोको टोलीले उनीहरुलाई काठमाडौं स्थित सिनामंगलको एकघरबाट पक्राउ गरेका हुन् ।
पक्राउ परेका अफगानी नागरिकहरु मध्ये ६ जना संग भारतको आधारकार्ड समेत रहेको प्रहरीले जनाएको छ । अफगानीहरु रुपन्देहीको नेपाल–भारत सिमाना नाकाबाट नेपालमा प्रवेश गरेको बुझिएको छ ।

