जानकी खबर ।
८ कात्तिक, बुटवल ।

नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन उद्देश्यले रुपन्देहीको भैरहवामा ‘विराट धर्म सभा’ आयोजना गरिएको छ ।

महेन्द्र सभा गृहमा आज मध्यान्ह शुरु हुने धर्म सभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ ।

विश्व ओमकार एकता महाभियानले आयोजना गरेको आज र भोलि दुई दिनसम्म चल्ने २ दिवसिय करिक्रममा सहभागी हुन नेपाल र भारतका धर्मगुरुहरु भैरहवामा भेला भइसकेका छन् ।

सभामा प्रवचन दिन भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक दर्जन भारतीय हिन्दु धर्मगुरु समेत आइतबार साँझ भैरहवा आइपुगेका छन् ।

नेपाललाई धर्म निरपेक्षबाट पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्न र ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका सदस्य पुष्पराज पुरुषले बताएका छन् ।

सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सय भन्दा धेरै संस्थाका धर्मगुरु सहित हजारौंको सहभागिता रहने जनाईएको छ ।

सभामा एक सयभन्दा धेरै धर्मगुरु र कथावाचकले प्रवचन दिनुका साथै हिन्दु धर्मको रक्षाका सम्बन्धमा छलफल र बहस हुने पुष्पराजले बताए ।

ओमकारमूलक पन्थ, सम्प्रदाय, सङ्घसंस्था र व्यक्तिसँग विश्वस्तरमै सत्य प्रेम, शान्ति, सेवा, अहिंसा आदि मानवीय मूल्यसहित सहकार्यगरी नेपाललाई हिन्दू राष्ट्रका रुपमा पुनः स्थापित गर्न धर्मसभा आयोजना गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *