जानकी खबर ।
६ कात्तिक, जनकपुरधाम।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोगसेवा केन्द्रको नवनिर्मितॐ शान्ति मिथिला वाटिकाको उद्घाटन गरेको छ ।
सनिवार जनकपुरधामको मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको समुद्घाट्न समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आजको भौतिक बादी युगमा मानिसलाई अहिन्साको बाटोमा डोर्‍याउने सेवा केन्द्रको भुमिका प्रशन्सनिय रहेको बताउनुभयो ।

५ कठ्ठा क्षेत्रफलमा ४ करोड ५० लाखको लागतमा निर्माण भएको उक्त भवन मा राजयोग सेवा केन्द्र सङ्ग सम्बन्धि प्रशिक्षण हरु सञ्चालन हुने जनाईएको छ ।

सेवा केन्द्र को नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य राम अशिष यादव , शत्रुधन महतो, परमेश्वर साह , शारदा थापा सहित समाजसेवी हरुको विशेष सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *