जानकी खबर ।
२ कात्तिक, जनकपुरधाम ।
आज कोजाग्रत पूर्णिमा लक्ष्मीको स्वागत गरेर मनाइँदै छ ।
मिथिलामा कोजाग्रतका दिन ब्राम्ह्मण समुदायका नव बिबाहित कन्याका पक्षले दुलहाको घरमा विभिन्न उपहार सहितको भार पठाउने ,कैाडि लिएर पचिसि खेल्ने र पान माखान बाडने चलन हो ।
कोजाग्रत पूर्णिमाको विशेष अवसरमा आज रातभर जाग्रामा बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा गरेपछि महान् पर्व बडादशैं समाप्त हुन्छ ।
कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कात्ति स्नान भने बुधबारदेखि सुरु हुने स्रोतले जनाएको छ । चन्द्रमासअनुसार कात्तिक महिनाभर तुलसीको विशेष पूजा आराधना गरी आकाशदीप दान समेत गरिन्छ ।
आज दशैंको टीका र जमरा लगाउने अन्तिम दिन पनि हो ।



