जानकी खबर ।
२४असोज,लहान।
सम्बादाता – रामहृदय दलित समाज उत्थान समिति नेपालले सिरहाको लहान नगरपालिका र धनगढी नगरपालिकाको २ सय परिवारलाई राहत वित्रण गरेको छ ।
अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ललितपुर नेपालको आर्थिक सहयोगमा दलित समाज उत्थान समिति नेपाले आईतवार संस्थाका कार्यकारी निर्देशक सुनिल ठाकुरको अध्यक्षतामा राहत वित्रण गरेको हो।
कोभिड-१९ रोकथाम अन्तर्गत चामल ३० के जी, दाल ४ के जी , खानेतेल २ लिटर , आयोडिन नुन २ के जी, चिनी २ के जी, साबुन ५ पिस, मास्क २ पकेट र सेनिटैजर ५०० एम एल , सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत १ सय घरधुरी र धनगढी नगरपालिका अन्तर्गत १ सय घरधुरी परिवार लाई राहत वितरण गरेका हुन् ।

राहत वितरण कार्यक्रममा राष्ट्रिय हरवा चरवा नेटवर्कका केन्द्रिय अध्यक्ष्य दसन मण्डल,सचिब मो कसीम र जिल्ला हरवा चरवा नेटवर्क का अध्यक्ष्य श्याम सुन्दर सदाको विशेष उपस्थिति रहेको थियो।







