जानकी खबर ।
२० असोज, जनकपुरधाम ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मागेका विश्वासको मतको मतदानमा दुईतिहाइको समर्थन पाएका छन् ।
प्रदेशसभामा बुधबार भएको मतदानमा राउतको पक्षमा ७७ मत र उहाँको विपक्षमा २३ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो ।
मुख्यमन्त्री राउतलाई सरकारमा रहेका जसपासँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् । त्यस्तै लोसपा र नेकपा एमालेका सांसदहरुले उहाँको विपक्षमा मत दिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले विश्वासको मत मागेका थिए ।






