जानकी खबर ।
१६ असोज, काठमाडौं ।

नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत विभिन्न विषयको दस्तावेजहरुमाथि समूहगत छलफल भइरहेको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनको हिजो (शुक्रबार )नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको थियोे ।

विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो ।

अध्यक्ष ओलीले शुक्रबार सो महाधिवेशनको उद्घाटन गर्दै पार्टी विभाजनको मुख्य योजनाकार पुष्पकमल दाहाल र माधव नेपाल भएको आरोप लगाएका थिए। १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ। 

एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *