जानकी खबर ।
१०, असोज ।जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रदेश २ को संसदीय दलको पहिलो बैठक आज बस्दै छ ।
आइतबार जनकपुरधाममा दिउँसो २ बजे बस्ने लोसपा संसदीय दलको बैठकले दलका नेता चयन गर्ने तयारी गरेको हो ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको विशेष उपस्थितीमा पहिलो संसदीय दलको बैठक हुने छ ।
आज हुने बैठकमा दलको नेता चयन, प्रदेश सरकारबाट सर्मथन फिर्ता लिने वा नलिने र समसमायिक विषयमा छलफल हुने एक नेताले जनाए।
लोसपाको प्रदेश २ मा १६ सांसद छन् । प्रदेशसभा सचिवालयमा तेश्रो दलको हैसियतामा लोसपा रहेको छ ।





