जानकी खबर ।

४ असोज, जनकपुरधाम ।
नेपाल राष्ट्र बैंकले दशैंका लागि आज (सोमबार )देखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकबाट लगायत अन्य  बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गरेका  छन् ।

राष्ट्र बैंकले आज देखि  बालुवाटार कार्यालय र ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जनाएको छ ।
यसका अलवा केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।
वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *