जानकी खबर ।
३ असोज, जनकपुरधाम ।

संविधान संशोधनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

संविधान जारी भएको असोज ३ गते लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता तथा कार्यकर्ताले आईतबार प्रदर्शन गरेका हुन् ।

जनकपुरधामको जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न स्थानको परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभामा गरिएको थियो ।
कोणसभामा सहभागीहरुले संविधान नसच्याएसम्म बिरोध जारी रहने बताएका छन् ।

वक्ताहरुले मधेशी जनताको छातीमा गोली ठोकेर निर्माण गरिएको संविधान अझै अपूरो रहेको बताए । हरेक नेपालीको संविधान बनाउन आफूहरुले भन्दै आएपनि शाषकवर्गले नमानेको ऊनीहरुले बताए ।

संविधान संशोधन नगरेसम्म प्रत्येक बर्ष असोज ३ लाई कालो दिवसको रुपमा मनाइरहने प्रदर्शनमा सहभागि लोसपाका नेता तथा कार्यकर्ताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *