जानकी खबर ।
१ असोज, जनकपुरधाम ।
सम्बादाता – राजेश झा
आश्विन सङ्क्रान्तिका दिन आज (शुक्रबार ) देशको विभिन्न स्थानमा विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पुजा मनाइँदैछन् ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको माटोको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

विश्वकर्मा पुजाको अवसरमा जनकपुरधामको विभिन्न स्थानहरु जस्तै जनकपुरधाममा वि.स. २००७ सालमा स्थापित विश्वकर्मा मन्दिर ,राम जानकी बसपार्क,विभिन्न सवरी साधनको शो रूम,गेरेज, कल कारखाना लागायत नगरको विभिन्न चैाकहरुमा विश्वकर्मा पुजाको धुम -धाम देखिएको हो।

कलकारखानालाई सजाएर मजदुरलाई पनि सहभागी गराएर यो दिवस मनाइने चलन छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा चली आएको छ।
त्यस्तै घरमा भएको सवारी साधन लाई पनि सफा गरि घरमै पुजा गर्नेहरुको श्रधालुहरुको संख्या पनि प्रति वर्ष बढदै गाएको हो।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्माको पूजा आराधनाको तयारी गरिएको जनाइएको छ ।




