
जानकी खबर ।२८ भदौ, काठमाडौं ।
महान पर्व दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ ।
स्रोतअनु राष्ट्र बैंकले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेशको प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण गर्न लगेको हो ।
‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् ।
स्रोतले जनाए अनुसार धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको र केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जनाए अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।
गत वर्ष कोरोनामहामारीको तीब्र संक्रमणका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।
