जानकी खबर ।
२८ भदौ, कुम्हरौडा.
सम्बादाता : राजेश झा

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित सनातन दुर्गा मन्दिरमा खुट्टा – खुट्टी गाडन बाँस कटाईको कार्यक्रम सम्पन्न भएको छ।

सोमबार गाउँपालिकाको वडा ७ स्थिति दुर्गा टोलमा रहेको दुर्गा मन्दिरका अध्यक्ष अखिलेश मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँका युवाहरुले बैणड बाजा साहित मन्दिर नजीकको विभिन्न स्थानमा पुगेर दुर्गा पुजाको मुर्तिकालगि खुट्टा – खुट्टी गाडन बाँस काटेका हुन् ।

कार्यक्रममा मन्दिर समितिका कोषाध्यक्ष सुमन झा साथै बारुण झा,अजित झा लगयत कुम्हरैाडा. गाउँको विभिन्न टोलवाट आएका युवा र श्रधालुहरुको सहभगिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *