जानकी खबर ।
२५ भदौ,जनकपुरधाम ।
सम्बादाता – राजेश झा /मुकेश ठाकुर

२ हजार ७२ साल भदौ २५ गतेका दिन मधेश अन्दोलनको क्रममा शहादत प्राप्त गरेका वीर सहिदहरुको सम्झनामा जानकपुरधामका युवाहरूले मैनवत्ती प्रज्वलन गरि श्रधान्जली अर्पन गरेका छन् ।
शुक्रबार मधेसमा युवाहरुले मधेस आन्दोलनको क्रममा आजको दिन जनकपुरधाममा “चलु जनकपुर भरु जनकपुर” कार्यक्रम तथा मधेश अन्दोलनको क्रममा शहादत प्राप्त गरेका वीर शहिद दिलिप यादव, नितु यादव र संजय चौधरीको पुण्य तिथीको अवसरमा वीर सहिदहरुलाइ नमनका गर्नुुका साथै उनीहरु प्रति भावपुर्ण श्रधाञ्जली व्यक्त गरेका हुन्।

जनकपुरधामको रमानन्द चौकमा मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रको नेतृत्वमा श्रद्धाञ्जली एवं दिप प्रज्वलन कार्यक्रम गरिएको थियो ।युवाहरुले सताधारीहरु प्रति आक्रोश पनि व्यक गरेका थिए।
त्यस्तै युवा नेता उपेन्द्र बिमल साहको नेतृत्वमा मुजेलियास्थित कारीक बाबा चौकमा सहिदहरुको सम्झनामा मैनबत्तीको दीप प्रज्जलन गरी सहिदहरुको सम्झना गरेका छन् ।
शहिदहरुको सम्झनामा जानकपुरधामको रमानन्द चैाक र मुजेलिया लगयत मधेश्को विभिन्न स्थनमा युवाहरुले मैनबत्ती प्रज्वलन संगेै मैान धारण गरि श्रधाञ्जली व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *