जानकी खबर ।
२४ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।
बुधबार उपसभापति निधिले सभापति देउवालाई पत्र लेख्दै निर्वाचन निर्देशिका कार्यान्वयन गर्ने क्रममा विधानमा केहि त्रुटि र विरोधाभासपूर्ण प्रावधान रहेको देखिएकाले केन्द्रीय समिति बैठक बसेर सच्याउन अवस्यक रहेकोे जनाइसकेका छन् ।

उहाँले पार्टीभित्र देखिएको क्रियाशील सदस्यता विवाद र निर्वाचन निर्देशिकामा देखिएका विरोधाभासी प्रावधान लगयत अन्य केहि त्रुटि सच्याउन केन्द्रीय बैठक बोलाउन माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *