जानकी खबर ।
२१ भदौ, जनकपुरधाम ।

प्रदेश -२ का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।
सोमबार जनकपुरधामा जनता समाजवादी पार्टीका सोनलले निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका हुन् ।

सोनलले सनाखत गरेसँगै प्रदेश-२ मा लोसपा सांसदको संख्या १६ पुगेको छ ।

यसअघि डिम्पल झा, परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, वविता कुमारी, निलमदेवी भूमिहारिन, रमेशप्रसाद कुर्मी, प्रल्हाद गिरी गोस्वामी, गौरीनारायण साह, अभिराम शर्मा, रानीकुमारी तिवारी र उपेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका थिए ।

सोनल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बाराको निर्वाचन क्षेत्र ४ को ‘ख’ बाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *