जानकी खबर ।
१६ भदौ, जनकपुरधाम ।

प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद मध्येका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन् ।

बुधबार(आज ) जसपाका१० जना प्रदेश सांसदहरु जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेका थिए । निर्वाचन कार्यालय पुगेका जसपाका१० जना प्रदेश सांसदले लोसपाका पक्षमा सनाखत गरेका हुन् । जसपाका सांसदहरुमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह रहेका छन् ।

  १०४ सदस्यीय प्रदेश -२ का प्रदेशसभामा जसपाका ५५ सांसद मध्ये १० सांसदले आज सनाखत गरि लोसपा रोजेका छन ।

जसपा विभाजन पछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टी रोज्न सांसदहरुलाई २२ भदौसम्मको समय दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *