जानकी खबर ।
१३ भदौ, जनकपुरधाम ।

आज( आइतबार )पनि देशैभर बदली भई वर्षा भैरहेको छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाले जनाए अनुसार मंगलबारसम्म लगातार वर्षा हुनेछ ।

अविरल वर्षाका कारण खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा छन् । सडक अवरुद्ध भैरहेका छन् ।

पहाडी भूभागमा भू-क्षय र बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *