जानकी खबर ।
८ भदौ ,जनकपुरधाम ।
धनुषामा सवारी दुर्घटना हुँदा एक २९ वर्षीया महिलाको मृत्यु भएको छ ।
मंगलवार धनुषाको पूर्व–पश्चिम राजमार्गमा पर्ने मिथिला नगरपालिका वडा ४ को पुष्पलपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१२ बस्ने २९ वर्षीय ममता यादवको मृत्यु भएको र ३५ वर्षीया मोटरसाइकल चालक ममताकी श्रीमान द्वारिका प्रसाद यादव घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्र.२–०१–००१प ८५८५ नम्बरको मोटरसाइकल सडकको खाडलमा पर्दा अनियन्त्रित भई दुर्घटना भएको स्थानीयले बताए ।
मोटरसाइकलमा पछाडि सवार महिला उछिटिएर सडकमा लडेसंगै विपरित दिशाबाट जाँदै गरेको बा. ५ ख. ६०८७ नम्बरको माइक्रोबसले कुल्चिँदा स्पोर्टमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीहरूले घटनाको विरोधमा राजमार्ग अवरूद्ध गरि सडक मर्मतको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
महिलाको शव उठाउने क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा वर्षाए पछि प्रहरीले भीड नियन्त्रण गर्न १९ राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक सुवेदीले बताए । प्रहरीले मृतक माहिलाको शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जनाएको छ ।
तयस्तै महिलालाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लियेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनुभयो ।

