जानकी खबर ।
८ भदौ, जनकपुरधाम।

सुन र चाँदीको भाउ फेरि बढेको छ । आज (मंगलबार )सुनको भाउमा तोलामा पाँच सय रुपैयाँले मुल्य वृद्धि भएको छ भनने चाँदीको भाउमा पनि तोलाम १० रुपैयाँले मुल्य वृद्धि भएको छ ।

हिजो सोमबार तोलामा ९१ हजार एक सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

अर्कोतर्फ सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलबारका लागि ९१ हजार एक सय रुपैयाँ तोकिएको छ ।

यता चाँदीको मूल्य पनि हिजो सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *