जानकी खबर ।
७ भदौ, काठमाडौं ।

गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।

गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिन मनाइने पर्व हो।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने मन्यता र धार्मिक विश्वास छ ।

घटना क्रम अनुसर राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक मानयता छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसके पाछि विभिन्न प्रकारका व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी नै छ ।

देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ।
यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले जनएको छ ।

कोरोनाका कारण भौतिक दूरी कायम गरेर मस्क्को अनिवार्य प्रयोगगरि चाडपर्व मनाउनुपर्ने अवस्था सृजना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *