जानकी खबर ।६भदौ,जनकपुरधाम ।

भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व जनै पुर्णिामा अर्थात रक्षा बन्धन आज घर घरमा धुमधामका साथ मनाउँदै छ।

रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । यसमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।

दिदीबहिनीले मिठा मिठा प्रकार बनाई खुवाउँदै र जनै पुर्णिामा मनाउँदै छ। अहिले शहर बजारहरुमा राखि सहित विभिन्न प्रकारको डोरा पाईन्छ ।

यस पर्वमा दाजुभाइले साल भर कमाएका पैसा रुपैयाँहरु डोरा बाँधेपछि दिदीबहिनीलाई दिने चलन रहेको छ।

जनैका दुई शिखामध्ये एउटा रहेको तीन डोरालाई ब्रह्मा , विष्णु , महेश तथा अर्को शिखाको डोरीलाई कर्म , उपासना , ज्ञानका तीन योग मानिन्छ । जनै शब्दको अर्थ जनाउनु , जानकारी दिनु हो।

जनैपूणिर्माका दिन मन्दिर , खोला , पोखरी , पानीको मुल आदि स्थानमा ब्रह्मणद्वारा मन्त्तोचारण गरी जनै फेर्ने वा रक्षाबन्धन बाँध्ने गरिन्छ ।

रातो , पहेँलो रङ्गको डोरा बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपुजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ। धार्मिक मान्यता अनुसार यसरी विधिपुर्वक डोरा बाँधेपछि रोग व्याधि नलाग्ने , सुख ,शान्ति मिल्ने हुन्छ ।

धार्मिक कथन अनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार भगवान विष्णुले राजा बलिलाई डोरो बाँधि बचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्ती सँग पनि रक्षा बन्धनको सम्बन्ध छ।

पौराणिक कथा अनुरुप देवराज ईन्द्र र दैत्यराज वृत्तसुरबीच १२ वर्षसम्म भयानक युद्ध चलिएको थियोे। उक्त युद्ध असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए।

पराजित देवगण धर्म एवंम संस्कारविहीन भएर जीवनयापन गर्न थाले।
यता ईन्द्रले उनीहरूसँग पुन: अन्तिम युद्ध गर्ने संकल्प गरे।

त्यो दिन श्रावण शुक्ल चर्तुदर्शीको दिन थियोे ।

देवगुरु बृहस्पतिले अघिल्लो दिने ईन्द्रको कल्याण एवंम विजयको कामना गरी श्रावणमासको पुर्णिामाको शुभ मुहुर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए।

यसलाई आधुनिक समयमा आफ्नै दनवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो,रक्षाबन्धन । अर्थात हामी पथभ्रष्ट भएर गएका छौँ ।

यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ। हरेकजसो पर्वहरुलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गर्छौ रक्षाबन्धन पनि मर्यादा र आत्मनिग्राहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ ।

रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ , पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।
धनुषाको लक्ष्मीनियाँ बजार,महेन्द्रनगर ,मुजेलिया र जनकपुरको चैाकहरुमा रक्षाबन्धनको चहलपहल १ सप्तह पहिले देखी नै सुरु भएको थियोे जुन आज आएर पूर्णता पाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *