जानकी खबर ।
२,भदौ, काठमाडौं ।

सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नयाँ पार्टी दर्ता गराएका छन् ।

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलासँगै पुनस्र्थापित भएको एमाले एकजुट नभई फुटेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेजसँगै पुनर्स्थापित भएको नेकपा एमाले पनि छिन्नभिन्न भएको छ ।
बाँकी एमाले पनि एक ठाउँमा छैन । अध्यक्ष केपी शर्मा ओली २८ फागुनयता एकलौटी रुपमा अघि बढ्दा माधव नेपाल समूहमा रहेका तर, पार्टी फुटको विपक्षमा रहेका भीम रावल, घनश्याम भुसालहरु एमाले समाजवादीमा गएका छैनन् । उनीहरु यथास्थितिमा एमालेमै फर्किहाल्छन् भन्न गाह्रो छ ।

सुरुवाती दुई महिना सम्वादहीन अवस्थामा रहेको ओली र नेपाल समूहबीच पछिल्ला समय घनिभूत वार्ताहरु पनि भए । थुप्रै पटक दुबै पक्ष सहमतिनजिक पनि पुगे । तर पुनस्र्थापित एमाले एकढिक्का हुन नपाई फुट्न पुगेको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।

जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना रहेका छन् ।

एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *