जानकी खबर ।
१ भदौ,जनकपुरधाम ।

जनकपुरधामा गाँजाको १० वटा भारी पोका सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार जनकपुरधाममा पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपनगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेका छन् । 

उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकबाट १० वटा गाँजाको पोका सहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

 बा ५ च १४० नम्बरको पिकअप भ्यानमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा २नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको सादा पोसाकका प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका युवक माथि थप अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *