जानकी खबर ।१ भदौ, काठमाडौं ।
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे बोलाइएको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले मंगलबार स्थायी कमिटी बैठक बोलाएका हुन् ।

एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोपूर्वक हेरिएको छ ।

सोमबार राति अध्यक्ष ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै यो क्षम्य नहुने बताएका छन् ।

सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । 

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेका हुन् ।
साथै उनले एमाले एकताका लागि आह्वानसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *