जानकी खबर ।३२ साउन,पर्सा ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अपराधिक गतिविधि नियन्त्रणका लागि सिसिटिभी क्यामरा अपरिहार्य भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सिसिटिभी लिड भिडियो वाल तथा नियन्त्रण कक्ष भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मख्यमन्त्री राउतले सिसिटिभी क्यामराले सुरक्षाको प्रत्याभुति गराउने विश्वास व्यक्त गरे ।

विगतमा हुने गरेका घटनाहरुबाट उद्योगी, व्यवसायीहरुका साथै अन्य नागरिकले पनि असुरक्षित महसुस गरिरहेको अवस्थामा नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरीको भुमिका महत्वपूर्ण हुने मुख्मयन्त्री राउतले विश्वास व्यक्त गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघ सुरक्षाको विषयमा विगतदेखि नै चिन्तित रहेको बताउँदै उनले संघकै सक्रियतामा वीरगञ्जलाई सिसिटिभी क्यामराको निगरानीमा राख्न सफल भएको बताए ।

साथै आगामी दिनमा हरेक चोक र हरेक गल्लीमा सिसिटिभी क्यामेरा जडान गर्ने र यसमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ३२ लाखको लागतमा निर्मित सिसिटिभि लिड भिडियो वाल तथा नियन्त्रण कक्षको उद्घाटन कार्यक्रममा प्रदेश नम्बर २ का प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकार, प्रदेश सभा सदस्यद्वय जन्नत अन्सारी, प्रह्लाद गिरी, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठ, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड् का, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले सिसिटिभी क्यामेराले अपराधीक गतिविधि न्युनिकरण हुने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *