जानकी खबर ।३० साउन,जनकपुरधाम ।
चुरे तथा वन जंगल संरक्षण र सम्बर्द्धनका निम्ति चुरे तथा वन जंगल संरक्षण जनकपुरधामका अभियानीहरुको अमरण अनशन आज तेस्रो दिन पनि जरि राखेका छन् ।

अभियानिहरु अमन यादव रानी राय भूइयार जनकपुरधाम स्थिति जनक चैाकमा अनशनको तेस्रो दिन शनिबार पानी अनशन जारी।

अभियानीहरुले हामीहरूको ५ बुदे माग सम्बोधन नहुनु जेल आफूहरुको चुरे तथा वन जंगल संरक्षणको निमित संघर्ष जारी रहने बताएका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानी सबिता यदवले लगातार १४ दिन देखि अनिश्चित कालिन आन्दोलनका साथै ३ दिन देखी अनशन जारी रहे पनि सरोकारबाला निकायले कुनै पनि चासो नलिएको गुनासो गरेकी छिन् ।

अनशनमा विभिन्न ठाँउ बाट आएका चुरे अभियानीका समर्थकहरु सहभागि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *