जानकी खबर ।२९ साउन, काठमाडौं ।
नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामाको घोषणा गरेका छन् ।
शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा पनि लागू हुनुपर्ने उनीहरुले माग छ ।
‘पार्टीको विधानमा हामीलाई क्षेत्रीय प्रतिनिधि सरह पनि अधिकार दिइएन । त्यही कारण हामीले राजीनामा गरेका हौं,’ आमन्त्रित केन्द्रीय किरण पौडेलले भने ।
उहाँले भने ‘केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू,महाधिवेशन प्रतिनिधि,जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ-नगर/पालिका सभापति, वडा सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्यहरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वत: प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस् भन्ने हाम्रो माग छ ।’
आमन्त्रित केन्द्रीय सदस्यहरुको मागप्रति सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन्, तर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति जनाएका छन् ।
देउवाले माग सम्बोधनका लागि आफू सकारात्मक रहेको भन्दै राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । उनले पार्टीमा कसैलाई अन्याय हुन नदिने बताएका छन् ।
वरिष्ठ नेता पौडेलले भने विधानमै वडाबाट चयन हुनुपर्ने व्यवस्था भएकाले स्वत: प्रतिनिधि बन्न पाउनुपर्ने माग जायज नभएको बताए।
उहाँले बरू विधान संशोधनको प्रस्ताव ल्याउन सुझाएका छन् ।
कांग्रेसमा सामूहिक राजीनामा घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्यको मागप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल कडा बनेका छन् ।
पौडेलले सिधा असहमति व्यक्त गरेका छन् भने सभापति देउवाले नरम प्रतिक्रिया दिएका छन्।
आजको केन्द्रीय समिति बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा पछि बोलेका पौडेलले उनीहरुको माग पूरा हुन नसक्ने भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।
अन्तिममा बोलेका सभापति देउवाले भने राजीनामा दिनेहरुको माग सुन्ने बताए ।
उनले भने, ‘राजीनामा दिनेको माग सुन्छौं र बुझ्छौं । महाधिवेसनमा पनि यसबारे छलफल हुन्छ ।
कसैलाई पनि अन्याय हुन दिइन्न ।’
कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु सबै देउवाले मनोनित गरेका हुन् ।
वरिष्ठ नेता पौडेल उनीहरुको मागप्रति उदार छैनन्।
सामूहिक राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्य
१. नन्दनकुमार दत्त (सुनसरी)
२. कुमार खड्का (कास्की)
३. बालकृष्ण पाण्डेय (नेजस भारत)
४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
६. हसन अन्सारी (मोरङ)
७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
८. रमा कोइराला पौडेल (सुनसरी)
९. कृष्णकिशोर घिमिरे (दाङ)
१०. गोपालकुमार बस्नेत (झापा)
११. सुधीरकुमार शिवाकोटी (झापा)
१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३. ध्रुव वाग्ले (तनहुँ)
१४. मोहनसिंह राठौर (कैलाली)
१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६.अभिषेक प्रताप शाह (कपिलवस्तु)
१७. दयाराम पाण्डे (लम्जुङ)
१८.जनकराज कलौनी (डडेल्धुरा)
१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह













