२८ वैशाख, काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये आज मात्र ४ सय आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *