जानकी खबर ।२६ साउन ,काठमाडौं ।
काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध गरिएको छ।
मंगलबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातिको समयमा धेरै सवारी साधन गुड्न थालेको भन्दै सो निर्णय गरेको बताए। निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ।सिडिओहरूको बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ। अहिले जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ। अरू निर्णयहरू साबिककै भएको प्रजिअ निरौलाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *