जानकी खबर ।२३ साउन,जनकपुरधाम ।

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएका छन्  ।

नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ ।  नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।

त्यसैगरी www.see.gov.npwww.neb.gov.np,  www.theconnectplus.com, बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । त्यस्तै  www.see.edusanjal.com,  www.see.ntc.net.np,  www.ekantipur.comwww.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिनेछ ।

देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *