जानकी खबर ।२२ साउन ,जनकपुरधाम ।
सुनको भाउ घटेको छ ।
सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ ।




