जानकी खवर । २०७८बैशाख२६,अाइतवार उदयपुरमा भएको आगलागीबाट १ करोड २० लाख रूपैयाँ भन्दा बढीको क्षति भएको छ ।

गएराति चदण्डीगढीको विरेन्द्र बजारस्थित कला राइको घरमा विद्युत् सट भइ आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट शिशिर राई, विक्रम राई, बुद्ध मगर र कृष्णकुमारी मगरको घरसमेत नष्ट भएको छ । आगलागीबाट १ करोड २० लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट ५ वटा घर, लत्ता कपडा सुनचाँदी र नगद जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक से फेन्जे भोटेले बताउनु भयो ।

