साउन महिनाको तेस्रो सोमबारी आज शिवालयहरुमा भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै छ ।

सोमबार बिहानैदेखि धनुषा जनकपुरधामको शिव मन्दिर, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेव लगायतको देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ ।

विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

साउन भगवान् शिवको महिना हो । अनि सोमवार उहाँको प्रिय दिन हो । शिवपुराणमा वर्णन गरिएअनुसार, शिव परमब्रह्म हुनुहुन्छ ।

हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको शक्तिलाई विशेष रूपमा लिने गर्दछन् । साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ ।

हरेक वर्ष साउनको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरूका लागि ठुलो महत्व बोकेको छ ।

यस महिनामा शिवको पूजाआराधना र व्रत गर्दा मनोकांक्षा पूरा हुने विश्वास गर्दै शिव मन्दिरमा पुगेर पूजा अर्चना गर्ने गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *