जानकी खबर ।१८ साउन, वीरगन्ज । प्रदेश २ का प्रमुख डा. राजेश झा अहिराज राष्ट्रिय मेलमिलाप अभियानमा लागेका छन् ।
सोमबार पर्साको सदशमुकाम वीरगन्जमा पुगेका प्रदेश प्रमुख अहिराजले राष्ट्र सेवक कर्मचारी ,सुरक्षा प्रमुख तथा संचारकर्मिहरुलाई राष्ट्रिय झन्डा अंकित लोगो लगाउदै टाउकोमा देश र मनमा मधेसको भावनाले अगाडि बढन निर्देशन दिएका छन् । वीरगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको छलफल कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अहिराजले टाउकोमा देश र मनमा मधेसको भावना राखेर सबैले काम गर्नू पर्ने बताए । पर्साका सुरक्षा अन्तर्गतमा प्रमुखहरुको सहभागीहरुमा भएको कार्यक्रममा जिज्ञासा कारोना पछिको जिल्लाको शान्तिसुरक्षाको अवस्था,समाजमा बढेको असन्तुष्टि,लागुपदार्थ सेवनकर्ता सख्यामा बृद्धि तथा बढेको आत्महत्याको केशहरुको बारे उहाले जानकारी हासिल गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजना भएको कार्यक्रममा उनले बोल्दै देशमा पछिल्लो समय अभाववाद र अतिवाद बढदै गएको जसको कारण देश कटरबाद र दवण्दवादमा फस्दै गएको बताए । हरेक नागरिकरलाई देशप्रति गर्व गर्न लायक भावना जागृत गर्न सुरक्षा निकाय,निजामति र पत्रकार मितेर संगै काम गर्नू पर्ने उनले सुझाव दिए ।उनले भने,पत्रकार समाजको ऐना हुन्,उनीहरुका माध्यमले समाजमा लुकेका सफलताको कथा,नविन योद्द्धा,जीवनप्रतिको आश र राज्यप्रतिको विश्वास जगाउने खालको सहकार्य गर्न आवश्यक छ ।
उनले प्रदेश प्रमुख बनेपछि विभिन्न पहाडी र हिमाली जिल्लाहरुको पनि भ्रमण गरेको चर्चा गर्दै उनले मधेसबाट पहाडमा भ्रमण गर्दा निकै माया र सदभाव पाएको उनले बताए ।अभाव र अतिवादको कारण समाजमा राज्य प्रतिको अविश्वास,निराशा,दूरी,आक्रोश,वितृष्णा बढदै जाँदा देश द्वण्दमा फस्न लागेको बताए ।ठिक समयमा देशमा राष्टिय एकता कायम गर्ने जिल्ला तहबाट सहकार्य भएन भने अगामि दिनमा कटरबाद झनै फैलिने उनले बताए ।
अन्तक्रिया कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे ,पर्साका एसपी बेलबहादुर पाणडे,पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका नारायणी अस्पतालका मेसु डा विरेन्द्र प्रधान स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साह, पर्साका एसपी बेलबहादुर पाण्डे, चण्डीप्रसाद गणका गणपति नैना बस्नेत,पर्साका अनुसन्धान उपनिर्देशक टिकाप्रसाद पोखरेल,वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारालगायतको सहभागिता थियो ।






















