जानकी खबर ।१६ साउन ,काठमाडौं ।

जनता समाजवादी पार्टी( जसपा)नेपाल संसदीय दल नेताको चयन आज शनिवार हुने भएको छ ।

दलको विधानलाई कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेपछि नेता चयनको प्रकृयालाई अगाडी बढाइएको छ । दलमा नेता चयनका लागि चुनावी प्रकृयाका लागि नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको छ ।तर दलको नेतामा पार्टी अध्यक्ष यादव नै सर्वसम्मतीबाट हुने संभावना छ । दलको नेता चयन भए लगतै पार्टीले सरकारमा ६ जना मन्त्री र १ जना राज्यमन्त्री पठाउने छ ।गठबन्धनका शीर्ष नेताहरुबीच भएको मन्त्री पद बाँडफाँडमा जसपालाई ६मन्त्री र १ जना राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री र १ जना राज्यमन्त्री पाउने छ ।काँग्रेसले ८ मन्त्री र १ जना राज्यमन्त्री पाउने सहमति भए अनुसार नेताहरुलाई सरकारमा पठाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *