जानकी खबर ।१२ साउन,जनकपुरधाम ।

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी परिषदको बैठक आज बस्दैछ ।

हिजो मात्र निर्वाचन आयोगबाट आधिकारिकता पाएको जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो। आयोगले हिजो आधिकारिकता विवादमा सनाखत गराउँदै उपेन्द्र यादव समूहलाई जसपाको मान्यता दिएको थियो । आयोगले महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान पनि गरेको थियो। तर जसपाबाट टुक्रिएर नयाँ दल दर्ता गर्दा जनप्रतिनिधिको पद गुम्ने कि नगुम्नेबारे आयोगको फैसला मौन छ। दल सम्बन्धी व्यवस्थामा पार्टी केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुगे मात्रै नयाँ दल दर्ता गर्दा जनप्रतिनिधिको पद नगुम्ने प्रचलित कानुन छ। यो संख्या ठाकुर समूहसँग छैन।

यता जसपाका अध्यक्ष उपेन्द्र यादवले ठाकुर पक्षले गल्ती स्वीकार गर्दै आत्मालोचना गरेर आए पार्टीको ढोका बन्द नहुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *