जानकी खबर संवाददाता । , २४वैशाख २०७८ काठमाडौं – काठमाडौंको बन्द कोठामा ३ दिनदेखि दाजुभाई भोकभोकै, हिड्नै नसक्ने अवस्था । रुदै भने- हामीलाई बचाउनुस
यो लकडाउनको समयमा काठमाडौंको नारायणथानमा दुई भाईहरु ३ दिनदेखि भोकै रहेछन् । हुम्लाको नरेन्द्र सुनार शारीरिक रुपमा पनि अपाँग रहेछन् र उनको भाई उनलाई स्याहार गरेर बसेका रहेछन् । ३ बर्षअघि गाउँमा रुखबाट लडेर नरेन्द्रको शरिर २४ नै घण्टा कापिरहन्छ । उनी खान, हिड्न र बस्न पनि सक्दैनन् । यो कठिन अवस्थामा भाईलाई खाद्यान्न र केहि आर्थिक सहयोग गर्यौं । नरेन्द्रलाई उपचारको पनि खाँचो छ तर आर्थिक अवस्था कमजोर छ । नरेन्द्र भाईले रुदै भने- अरु साथीहरु हिडेको, जीवनमा प्रगति गरेको देख्दा रुन मन लाग्छ, बुवा आमा नै अपाँग छन्, मलाई भगवानले त्यसै बेलां किन मारिदिएनन् !




