जानकी खबर - , वैशाख २४ ,२०७८                               रौतहट  - कोरोना महामारीलाई मध्यनजर गर्दै रौतहटमा स्थानीय प्रशासनले शुक्रबार राति १२ बजे देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा अवधिमा एम्बुलेन्स , शववाहक , खाद्यसामग्री, औषधी , कुखुराको चल्ला ,पशुपंक्षिको दाना , दुध , इन्धन , फलफुल तथा तरकारी बोकेका सावारी साधन निर्माण सामग्री ढुवानीको सवारी साधन ,मेडिकल , सर्जिकल सप्लायर्सका ढुवानीको सवारी , रसायनिक मल ढुवानी , सरकारी नम्बर प्लेटका सवारी वैबाहिक कार्यक्रममा बढीमा १५ जना जन्ति सहित २ वटा गाडी चलाउन पाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले रौतहट जिल्ला भरि वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *