जानकी खबर संवाददाता काठमाडौं, वैशाख २२

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश जारी गरेकी हुन् । 
जनकपुर-जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।
यसअघि रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो। 
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *