जानकी खबर ।साउन ४,जनकपुरधाम ।

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिइने घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरइदको अवसरमा बुधबार विदा दिने निर्णय गरेको हो ।

बकरइदको अवसरमा विदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

पहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बकर इदमा बिदा थियो। पछि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बिदा काटिएको थियो।

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *