जानकी खबर ।४ साउन,जनकपुरधाम ।
सुनको भाउ बढेको छ ।
सोमबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।









