जानकी खबर ।असार ३०, जनकपुरधाम ।
भ्रष्टाचार अभियोगमा फरार रहेका काँग्रेस नेता विजयकुमार गच्छदारअदालतमा हाजिर भई१० लाख धरौटीमा छुटेका छन् । ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेका गच्छदार बुधबार विषेश अदालतमा हाजिर भएका थिए । उनलाई अदालतले १० लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
भ्रष्टाचार अभियोगमा फरार रहेका गच्छदार बुधबार विषेश अदालतमा हाजिर भएका थिए । उनलाई अदालतले १० लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
गच्छदार आजै धरौटी रकम बुझाएर छुटेका छन् ।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कार्य गरेको आरोप उनीमाथि थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
गत वर्ष फागुनमा विशेष अदालतले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार सम्पर्कमा थिएनन् । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।



