जानकी खबर ।असार ३०, काठमाडौं ।
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्नुहुने भएको छ ।

साँढे तीन वर्षपछि ओलीले बालुवाटार छोड्न लाग्नुभएको हो । उहाँ विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट जाने तय भएको बताइएको छ । ओलीलाई भातृ संगठन युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले स्कर्टिङ गरेर बालुवाटारदेखि बालकोटसम्म पुर्याउने कार्यक्रम तय गरिएको छ । महेश बस्नेतको संयोजनमा दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्याउने कार्यक्रम तय भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *